होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
समाचार

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

  • नागरिक रैबार
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ — अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

उम्मेदवारहरूमध्ये मुख्य दाबेदारका रूपमा अभिनेता भुवन केसी र सम्झना उप्रेती रौनियारको चर्चा दयाराम दाहालको कार्यकाल सकिएलगत्तै सुरु हुन थालिसकेको थियो ।

विज्ञापन

अभिनेता केसीमाथि केही समयअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी श्रेष्ठले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

पछिल्लो समय केसी सक्रिय राजनीतिमा आउन खोजिरहेका थिए । पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधान सभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो । तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो ।

गत स्थानीय तहको चुनावमा केसीलाई स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले काठमाडौंको मेयरको उम्मेदवारका रूपमा घोषणा गरेको थियो । तर केसीले भने प्राविधिक तथा कार्यव्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेको बताएका थिए । गत वैशाख २० गते केसी अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहित कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै तीन कलाकार कांग्रेश प्रवेश गरेका थिए । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार