होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु
समाचार

अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

  • नागरिक रैबार
अमेरिकाको एक स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १८ बालबालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जना शिक्षक र १८ जना विद्यार्थीको मृत्यु भएको छ । एक जेष्ठ नागरिक र १० वर्षीया बालिका सख्त घाइते भएका छन् ।

टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणमा पिस्तोल र राइफल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।

विज्ञापन

घटनामा संलग्न भएका व्यक्तिको पनि मृत्यु भएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा भने खुलेको छैन ।

ती आक्रमणकारीले घरमा हजुरआमाको हत्या गरेर स्कुलमा पुगेको विवरणहरू सार्वजनिक भएका थिए ।

यो विद्यालयमा ५०० भन्दा बढी बालबालिकाहरू रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँका अधिकारीले बताएका छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार