होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
समाचार

बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

  • नागरिक रैबार
बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ: यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा सख्त घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना४ख ८४४५ नंको बसले विपरीत दिशामा गुडिरहेको ग२०प ६३३६ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक सोही ठाउँ निवासी २० वर्षीय सुसिर थापालाई पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

विज्ञापन

सवारी दुर्घटनामा परी मृत्यु भएकी महिला घाइते सुसिरकी आमा भएको प्रहरीले जनाएको छ। सो बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार