होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पलको तस्बिर अंकित टिशर्ट लगाएर हलमा पुजा, भन्छिन्, ‘पल मेरो मनमा छ’
समाचार

पलको तस्बिर अंकित टिशर्ट लगाएर हलमा पुजा, भन्छिन्, ‘पल मेरो मनमा छ’

  • नागरिक रैबार
पलको तस्बिर अंकित टिशर्ट लगाएर हलमा पुजा, भन्छिन्, ‘पल मेरो मनमा छ’

धनगढीः प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन्। आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन्।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन्। ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन्। पत्रकारले पुजालाई पलको तस्बिर अंकित टिशर्ट लगाएर हिँड्नुको कारण सोधेका थिए।

पुजाले यसरी जवाफ दिइन्, ‘खासमा भन्नुपर्दा पुजा भनेकै पलको पिल्लर हो। पुजाबिना पल अधुरो छ। पलबिना पुजा अधुरो छ। फिजिकल्ली यहाँ नभए पनि पल मेरो मनमा छ। मेरो साइडमा उभिएको छ। मलाई साथ दिइरहेको छ। मेरो काँधमा यसो गरिरहेको छ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार