होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘वान बाइ वान’ होइन, पाँचै दल एकैचोटी आऊ : केपी ओली
समाचार

‘वान बाइ वान’ होइन, पाँचै दल एकैचोटी आऊ : केपी ओली

  • नागरिक रैबार
‘वान बाइ वान’ होइन, पाँचै दल एकैचोटी आऊ : केपी ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरेका छन् ।

गठबन्धन पनि जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि ओली आक्रोसित रुपमा प्रस्तुत भएका हुन् ।

पोखरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा आफैंले अगाडि बढाएको एमसीसीबारे सरकारमा बस्नेहरुले आफूलाई ढुंगा हान्न लगाएको आरोप लगाउँदै संसद बैठकबारे प्रसंग जोड्दै थिए ।

विज्ञापन

ओलीले एमसीसीको विषयमा छलफल गर्ने भनिएको बैठक फेरि पनि सारिएको बताइरहँदा एमाले गण्डकी उपसचिव रश्मी आचार्यले सत्तारुढ गठबन्धनबीच भएको नयाँ समझदारीको समाचार देखाए ।

पोडियममा उभिएरै ओलीले समाचार पढेपछि संसद बैठक सारिएकै विषमा थोरै प्रसंग जोडेर गठबन्धनतिर खनिए । ‘अहिले भर्खर समाचार आयो, गठबन्धन पनि नटुट्ने र एमसीसी पनि पास हुने,’ एमाले अध्यक्ष ओलीले भने, ‘गठबनन्धन टुट्नु हुँदैन । टुट्यो भने विचराहरु धुलोपिठो हुन्छन् ।’

ओलीले आफूहरु एकैचोटी ५ दलको गठबन्धनसँग नै चुनाव लड्न चाहेको बताए । ‘एउटा यता छ, अर्को उता छ । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । हामी त्यस्तो गर्दैनौं,’ ओलीले भने, ‘वान बाइ वानवाला होइन, ५ दललाई एकमुण्ट बोलाउँछौं । आउ, पाँचै दल एकैचोटी आऊ ।’

एमाले अध्यक्ष ओलीले वैशाख ३० गते एक झड्कामा गठबन्धनलार्इ ७ दिन उठ्नै नसक्ने पछार्ने दाबी गरे । ‘गठबन्धन पछार्छौं, यिनीहरुलेजस्तो सडकमा ढुंगा हानेर होइन, जनताको पवित्र मत पाएर,’ उनले भनेका छन्, , ‘३ वर्ष सरकार चलाउन पाउँदा सरकार कस्तो हुन्छ भन्ने देखाएका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै