होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन २४, २०७९
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपाल र प्रेम आलेबीच चर्काचर्की
राजनीति

माधव नेपाल र प्रेम आलेबीच चर्काचर्की

  • नागरिक रैबार
माधव नेपाल र प्रेम आलेबीच चर्काचर्की

काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीबाट पर्यटनमन्त्री बनेका प्रेम आलेबीच चर्काचर्की भएको छ । आज पार्टी बैठकमा नेपाल र आलेबीच चर्काचर्की भएको हो ।

बैठकमा माधव नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र विगतको समझदारी पालना गर्नुपर्ने समेत बताएका थिए । उनले मन्त्रीहरु परिवर्तनलाई स्वाभाविक मान्नुपर्ने भन्दै असन्तुष्टहरुप्रति कडा बोली प्रयोग गरे । त्यसपछि पर्यटनमन्त्री प्रेम आले जंगिएका थिए । उनले कुबेलामा मन्त्रीबाट हटाउन खोजेको भन्दै असन्तुष्टि पोखे ।

आलेले ४८ घन्टाभित्र पार्टीको निर्णय कार्यान्वयन गरेर देखाउने बताए । तर, त्यो निर्णय केलाई मान्ने हो भन्ने चासो बनेको छ । आलेले संसदीय दलको नेता नै परिवर्तन गर्न खोजेको चर्चा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार