होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पार्टी प्रवेश गर्न नीता र हरिहरलाई रवि लामिछानेको आग्रह
मनोरञ्जन

पार्टी प्रवेश गर्न नीता र हरिहरलाई रवि लामिछानेको आग्रह

  • नागरिक रैबार
पार्टी प्रवेश गर्न नीता र हरिहरलाई रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलाकार जोडी नीता ढुंगाना र हरिहर अधिकारीलाई आफ्नो पार्टी प्रवेश गर्न आग्रह गरेका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भएको छलफलमा लामिछानेले नीता र हरिहरलाई पार्टी प्रवेश गर्न प्रस्ताव राखेका हुन् । अभिनेत्री नीताले लामिछानेले दल प्रवेश गर्न आफूहरुलाई प्रस्ताव गरेको बताइन् ।

‘हामी छलफलमा बसेका हौं । प्रस्ताव आएको हो उहाँबाट । सबैले पत्याउने खालका मान्छेहरु हामीलाई चाहिएको छ । अब युवाहरु आउनुपर्‍यो भन्ने हिसाबको रवि दाइको कुरा भयो,’ छलफलबारे नीताले भनिन्, ‘ती कुरालाई सकारात्मक हिसाबले सोचिराख्या छौं । छलफलमा छौं । अहिलेसम्म कन्फर्म भएको छैन । हामी सल्लाहमै छौं ।’

विज्ञापन

स्रोतका अनुसार उक्त छलफलमा काठमाडौंको कुनै संसदीय निर्वाचन क्षेत्रबाट पार्टीको उम्मेदवार बन्न रविले हरिहरलाई प्रस्ताव गरेका थिए । तर भेटमा सहभागी नीताले चाहिं यसबारे विस्तृत खुलाइनन् ।

ज्योतिषी समेत रहेका हरिहरले रवि लामिछानेको पार्टी कार्यालयको वास्तुशास्त्र समेत हेरिदिएका थिए । यसै महिना विवाह गरेका नीता र हरिहरले नयाँ फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार