होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण
Uncategorized

बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण

  • नागरिक रैबार
बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण

नागरिक रैबार
बाजुरा ६ जेठ
बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएकाे छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् ।
बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका नेपाली काँग्रेस , र खप्तड क्षेडेदह एमाले, गाैमुलमा एमाले, हिमालीमा कांग्रेस र जगन्नाथ गाउँपालिकामा एमालेले नेतृत्व गरेकाे छ ।
प्रमुख तथा अध्यक्षकाे सपथ ग्रहणमा बडीमालिका नगरपालिकाका सबै जनप्रतिनिधिलाई सपथसहित प्रमाणपत्र वितरण गरिएकाे थियाे।
त्यस्तै बाँकी रहेका बुढीनन्दा नगरपालिकामा मतगणना भईरहेकाे छ भने बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएकाे एकहप्ता वितिसक्दा पनि मतगणना सूरू हुन् सकेकाे छैन् ।
बुढीगंगा नगरपालिकामा निर्वाचनकाे दिन काँग्रेस र नेकपा एमालेविच दाेहाेराे झडप, बुथ कव्जा लगायतका घटनाहरू घटेपछि मतगणना कार्य अन्याेलमा छ ।
बुढीनन्दा नगरपालिकाकाे मतपरिणाम भने आज साँझ सम्म आईसक्ने बताईएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार