होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावअघि नै मल ल्याउन पहल
समाचार

चुनावअघि नै मल ल्याउन पहल

  • नागरिक रैबार
चुनावअघि नै मल ल्याउन पहल

काठमाडौं, वैशाख ७ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रले बताए ।

भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनी (आरसीएफ) मार्फत नेपाललाई मल दिने निश्चित गरेको उनले जनाए ।

मङ्गलबार भएको छलफलमा आरसीएफका पनि प्रतिनिधि थिए । भारतका आरसीएफ र नेपालका कृषि सामग्री कम्पनी लिमिटेडबीच पनि छुट्टै छलफल भएको छ ।

विज्ञापन

नेपाललाई पहिलो वर्ष दिइने मलमध्ये पहिलो लट चुनावअघि र दोस्रो लट असार १५ गते वरिपरि दिनका लागि आफूले भारतलाई आग्रह गरेको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए । कति परिणाम, कुन बेला, युरिया र डीएपी कतिलगायतका विषयमा नेपाल–भारतबीच सम्झौता भएपछि मात्र मल आउने आजको गोरखापत्र दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार