होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • उम्मेदवारीमा महिलालाई बेवास्ता
राजनीति

उम्मेदवारीमा महिलालाई बेवास्ता

  • नागरिक रैबार
उम्मेदवारीमा महिलालाई बेवास्ता

बैतडी — जिल्लामा हुने विभिन्न पार्टीका जुनसुकै कार्यक्रममा पनि महिलाको उपस्थिति हुन्छ । पुरुषहरू कामको सिलसिलामा घर बाहिर हुने भएकाले पनि महिलाहरू कार्यक्रममा बढी देखिन्छन् । पार्टीहरूले पनि कार्यक्रममा महिलाहरूको सहभागितामा जोड दिइरहेका हुन्छन् । अघिपछि पार्टीका कार्यक्रमहरूमा महिलाको सहभागिता धेरै खोज्ने दलहरू चुनावका बेला भने महिलालाई वास्ता गर्दैनन् ।

सधैंभरि पार्टीका लागि हिँडिरहेका महिलाहरूलाई पार्टीहरूले उम्मेदवार बन्न टिकट दिँदैनन् । महिलाहरूलाई चुनावमा टिकट पाउन निकै सकस छ ।

पार्टी भनेर २ दशक बढी राजनीतिमा संघर्ष गरे पनि आफूहरूले टिकट नपाउने गरेको महिला नेतृहरू बताउँछन् । पार्टीले योगदान हेरेरभन्दा पनि नेतृत्व तहका नेताका आफन्त र ठूलाबडाका आफन्तलाई टिकट बाँड्ने गरेको गुनासो उनीहरूको छ । निकै दुःख गरेर राजनीति गरिरहेकी दशरथचन्द नगरपालिका–८ की पार्वती भट्टलाई पार्टीका विभिन्न चुनावमा उम्मेदवार बन्ने ठूलो इच्छा थियो । तर उनले अहिलेसम्म टिकट पाउन सकेकी छैनन् । प्रदेश र संघको कुरै छोडौं पहिलो स्थानीय तहको चुनावमा पनि उनले टिकट पाउन सकिनन् । धेरै आशा गरेको भए पनि आफूलाई त्यतिबेला पार्टीले अन्याय गरेको महसुस भएको उनले बताइन् । उनले भनिन्, ‘गएकै स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिएन । मभन्दा धेरै पछाडिका बहिनीहरूलाई पार्टीले अघि सारेको थियो ।’ दाबी गरेको भए पनि पहुँच र आर्थिक अवस्था कमजोर भएकाले टिकट नपाएको हुन सक्ने बुझेको उनले बताइन् ।

विज्ञापन

पार्वती मात्र होइनन् । जिल्लामा राजनीति गरेका महिलाहरूलाई टिकट पाउन मुस्किल छ । आर्थिक अवस्था र पहॅुँचका आधारमा सबै पार्टीहरूले टिकट बाँड्ने गरेका नाम नखुलाउने सर्तमा एक नेतृले भनिन् । उनका अनुसार जसको केन्द्रमा पहुँच छ उसैले स्थानीय तहको निर्वाचनमा टिकट पाउने गरेका छन् । वर्षौं राजनीति गरेका महिलाहरूलाई पार्टीले कार्यक्रममा उपस्थिति देखाउने साधन मात्र बनाएका उनले बताइन् । उनले भनिन्, ‘मेरो पार्टीमा जिल्लामा पहिल्यैबाट खटिएकी मै हुँ । कुनै निर्वाचनमा उम्मेदवार बन्न पाइनँ । स्थानीयमा पहिलो वर्ष धेरै आशा थियो । तर अन्य पेसामा आबद्धलाई उम्मेदवार बनाइयो । यो वर्ष पनि त्यही हुने जस्तो छ ।’ महिलाहरू जिल्लामा राजनीति गरे पनि केन्द्रमा पहुँच नभएकै कारणले पछि परेका उनले बताइन् । आफूहरूको दुःखको मूल्य पार्टीहरूले नबुझ्ने गरेको उनले बताइन् । महिलाहरूको संख्या बढाउने ठाउँमा मात्र पार्टीको लागि आफूहरू काममा आउने अलिपछि वास्तै नहुने गरेको दुखेसो पोखिन् ।

दोगडाकेदार गाउॅपालिका–७ की धनमाया ठगुन्ना पनि २०४५ सालबाटै राजनीतिका सक्रिय छिन् । घरबाट महिला निस्कनै नपाउने समयमा आफू कांग्रेसबाट राजनीति गर्दै आएको उनले बताइन् । ‘घरबाट कहाँ जान्छन् भन्ने प्रश्न गर्छन् । पार्टीमा लागेर के हुन्छ भनेर परिवार र समाजले भन्दा पनि पनि राजनीतिमा लागें,’ उनले भनिन्, ‘पालिकामा पार्टीका लागि काम गर्ने मबाहेक महिला नहुँदा पनि मैले पहिलो स्थानीय तहको चुनावमा टिकट पाउन सकिनँ । अहिले त झनै गठबन्धनको कुराले के हुन्छ टुंगो छैन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार