होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माउथ पब्लिसिटीले बढायो ‘चिसो मान्छे’ मा दर्शक
समाचार

माउथ पब्लिसिटीले बढायो ‘चिसो मान्छे’ मा दर्शक

  • नागरिक रैबार
माउथ पब्लिसिटीले बढायो ‘चिसो मान्छे’ मा दर्शक

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म हो ‘चिसो मान्छे’ । देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले शुक्रबार भन्दा शनिबार राम्रोदर्शक पाउन सफल भएको छ । फिल्मले शनिबार देशभरको हलमा प्रायः हाउस फुलको ब्यवसाय गरेको निर्देशक दीपेन्द्र के खनालले बताए ।

‘फिल्म जतिले हेरेका छन् । राम्रो प्रतिक्रिया दिएका छन्’ निर्देशक खनालले भने, ‘शुक्रबार फिल्म हेर्ने दर्शकको राम्रो प्रतिक्रिया र माउथ पब्लिसिटीका कारण शनिबार राम्रो दर्शक पाएको छ ।’ शनिबार केही हलमा शो पनि बढाएको बताएका खनालले आइतबारबाट झन् फिल्मका दर्शक बढ्ने अनुमान लगाए ।

‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका खनालको फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा परेको पीडा देखाइएको छ ।

विज्ञापन

स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको मुख्य भूमिका रहेको फिल्ममा अशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्‍टि आचार्य, विकास खनाल लगायतको अभिनय देख्न सकिन्छ । फिल्मको कथा, पटकथा, संवाद तथा छायाङ्कन निर्देशक खनाल स्वयंले लेखेका हुन् । फिल्म दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

फिल्ममा स्वस्तिमाले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । प्रचार सामाग्रीमा समेटिए अनुसार उनका बाजुराली लवज, लुक्स र गेटअपले दर्शक लोभ्याएका छन् । फिल्म डिएस डिजिटलको ब्यानरमा निर्माण भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार