होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन
समाचार

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

  • नागरिक रैबार
साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् ।

सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए ।

बाइडेनले उडेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको न्यूयोर्क टाइम्सले समाचार लेखेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन् ।

विज्ञापन

गत महिना पनि उनी सिँढीबाट झण्डै लडेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार