होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युक्रेनको विमानस्थल नजिकै रुसी मिसाइल प्रहार
समाचार

युक्रेनको विमानस्थल नजिकै रुसी मिसाइल प्रहार

  • नागरिक रैबार
युक्रेनको विमानस्थल नजिकै रुसी मिसाइल प्रहार

काठमाडौं। रुसले पश्चिमी युक्रेनस्थित लभिभ विमानस्थलमा मिसाइल प्रहार गरेको छ ।रुसी सेनाका लडाकु विमानले शुक्रबार बिहानै लभिभ विमानस्थलमा क्रुज मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । मिसाइल प्रहारबाट एउटा फ्याक्ट्री ध्वस्त भएको र विमान मर्मत सम्भार हुने एक ग्यारेजमा क्षति पुगेको छ ।

युक्रेनको वायु सेनाले रुसद्वारा प्रहार भएका ६ वटा क्रुज मिसाइलमध्ये २ वटा आकाशमै ध्वस्त पार्न सफल भएको बताएको छ ।गत हप्ता रुसले लभिभ शहरस्थित एक सैन्य तालिम केन्द्रमा हवाइ हमला गरेको थियो । हालसम्म उक्त शहरमा रुसी र युक्रेनी सेनाबीच कुनै भिडन्त भने भएको छैन ।

नेटो सदस्य पोल्याण्डबाट ७० किलोमिटर टाढा अवस्थित लभिभ पूर्वी युक्रेनबाट आएका मानिसको आश्रयस्थल बनेको छ । उक्त शहरमा पश्चिमी मुलुकले युक्रेनलाई दिँदै आएका हात-हतियार समेत भण्डारण हुने गरेको बताइन्छ ।

विज्ञापन

रुसले पोल्याण्डबाट आउने हात-हतियार रोक्ने प्रयास स्वरुप पछिल्लो आक्रमण गरेको हुन सक्ने बीबीसीका संवाददाताले जनाएका छन् । एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै