होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा
समाचार

अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा

  • नागरिक रैबार
अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा

काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ ।त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । ती अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज काठमाडौं आएको हो ।

उनका अनुसार २०२१ को जनवरी, अप्रिल र अगस्ट महिनामा समेत सेनाको यस्तो जहाज आएको थियो । यो जहाजमा सेना भने नआउने उनले जानकारी दिए ।

काठमाडौंस्थित अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन र फिर्ता लैजान यस्तो जहाजको उपयोग हुने गरेको उनले जानकारी दिए । यस्तो उडानका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरी उडान अनुमति लिइएको हुन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै