होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्मार्ट धनगढी सिटी बनाउन योजना बैंक स्थापना गर्ने कुरो नारामै सिमित
समाचार

स्मार्ट धनगढी सिटी बनाउन योजना बैंक स्थापना गर्ने कुरो नारामै सिमित

  • नागरिक रैबार
स्मार्ट धनगढी सिटी बनाउन योजना बैंक स्थापना गर्ने कुरो नारामै सिमित

वीरेन्द्र भट्ट, धनगढीः दिगो विकासका तत्कालीन, मध्यकालिन र दीर्घकालीन गरेर योजना बनाउनु आवश्यक हुन्छ। छरपष्ट रुपमा गरिएका विकासका कामले लगानी देखिँदैन। कुल १९ वडा रहेको धनगढी उपमहानगरपालिकाको चौतर्फी विकासका लागि योजनाको प्राथमिकरण गर्न सकिएको छैन। उपमहानगरपालिकाले धनगढीलाई स्मार्ट सिटी बनाउन योजना बैंकको स्थापनाको व्यापक प्रचार गरेको थियो। योजना बैंकमा आएका योजनाहरूलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिने नरप्रमुख नृपबहादुर वडको दाबी थियो। तर कार्यकाल सकिँनै लाग्दा पनि काम हुन सकेको छैन।

धनगढीको विकासका लागि स्मार्ट सिटी विकासको आधारशिला हुँदाहुँदै छरपष्ट रुपमा भइरहेको कार्यले दिगो विकासको खाका कोर्ने कामसम्म नभएको अर्थविश्लेषक प्रा डा राजेन्द्रवीर चन्द बताउँछन्। दीर्घकालीन विकासका लागि रोडम्यापको ढाँचा तयार पार्न उपमहानगरपालिका चुकेको छ। ‘एउटा फ्रेमवर्क बनाएर काम गरेमा प्राथमिकताको आधारमा विकास गर्न सहज हुन्छ,’ कैलाली बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक समेत रहेका चन्दले भने, ‘त्यसैले सबैभन्दा पहिले समस्या र आवश्यकताको पहिचान गरौं।’

विकास साझेदार निकायले आफ्नै किसिमले काम गर्दै आएको अवस्थामा त्यस्ता निकायका लागि निर्देशिका नै बनाएर योजनाको प्राथमिकता निर्धारण गरेर मात्र काम गर्न दिइने उपमहानगरको दाबी थियो। योजना बैंक र स्मार्ट सिटी विकासका लागि महत्वपूर्ण खुड्किलोको रुपमा परिभाषित गरिएको थियो। योजना बैंकले योजनाको प्राथमिकीकरण निर्धारणमा सहयोग पु¥याउने भनिएको विषय समेत यतिबेला अलपत्र छ। स्मार्ट सिटी र योजना बैंकको विषयमा कुनै जानकारी नभएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए। ‘स्मार्ट सिटी र योजना बैंकको बारेमा जानकारी छैन। यो विषयमा जानकारी लिने क्रममै छु’ उनले भने, ‘यसअघि भएको तयारीको विषयमा स्मरण भएन’

विज्ञापन

२०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार रहेका वडले मत माग्दा स्मार्ट सिटीकै नारा लगाएका थिए। तर चुनाव जितेपछि करिब ५ वर्षको नेतृत्व सम्हाल्दा नगर जस्तो थियो, अहिले पनि त्यस्तै छ। धनगढी सहरलाई स्मार्ट सिटीको मापदण्डमा लैजाने परियोजना कार्यान्वयन गर्न मेयर असफल भएका छन्। स्मार्ट सिटीको स्तरमा पुर्‍याउने पूर्वाधारभित्र नगरका फराकिला सडक, स्वच्छता र सुन्दरता लगायत विषय कार्यान्वयन गर्न समेत उपमहानगरपालिका असफल छ।

सस्तो लोकप्रियताका लागि स्मार्ट सिटीलाई चुनावी नारा बनाउन नहुँने अर्थविश्लेषक चन्द बताउँछन्। स्मार्ट सिटीदेखि योजना बैंकसम्म कार्यान्वयनको विषयमा नगरप्रमुखले चुनावी नारामा मात्र सिमित राखेको उनले बताए। उपमहानगरपालिकाको चौतर्फी विकासका लागि योजनाहरुको प्राथमिकरण गरी अघि बढ्न निर्वाचित जनप्रतिनिधि चुकेकै कारण उपमहानगरवासीले कार्यकाल सकिँनै लाग्दा पनि विकासको अनुभूति गर्न नपाएको सरोकारवाला बताउँछन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै