होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • कुनै समय खच्चड जत्रै थियो मुसा, शरीरको वजन साढे ४ सय किलो !
विचित्र संसार

कुनै समय खच्चड जत्रै थियो मुसा, शरीरको वजन साढे ४ सय किलो !

  • नागरिक रैबार
कुनै समय खच्चड जत्रै थियो मुसा, शरीरको वजन साढे ४ सय किलो !

काठमाडौं । पृथ्वीमा हाल ८ ग्रामदेखि ८० किलोग्रामसम्म तौल भएका विभिन्न प्रजातिका मुसाहरु पाइन्छन् । तर कुनै समय यस्तो थियो जब मुसाको सरीर खच्चडको जत्रै हुन्थ्यो र तौल पनि साढे ४ सय केजी भन्दा बढी हुन्थ्यो ।

वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययन अनुसार प्राचीनकालमा मुसाको आकार खच्चड जत्रो हुन्थ्यो । जसको वजन ४ सय ५३ किलो सम्म रहेको वैज्ञानिकहरुको दाबी छ ।

पृथ्वीमा हाल सबैभन्दा ठूलो मुसा केपीबारा हो, जुन ८० किलोसम्म तौलको हुन्छ । झ्वाट्ट हेर्दा यो मुसा र घोडाको ठिमाहा जस्तै देखिन्छ ।

विज्ञापन

पुुरातत्वविदहरुले पहिले एउटा बिसन जातको साँढेको वजन र आकार बराबरको मुसाको अवेशष पत्ता लगाएका थिए, जसको वजन करीब ९०७ किलोग्राम थियो । त्यसलाई जोसेफोआर्टिगेसिया मोनेसी नाम दिइएको थियो ।

तर हालैको अध्ययनले भने इतिहासमा त्यति ठूलो मुसा नभएको र उक्त अवशेष एक दुर्लभ घटना भएको बताएका छन् । प्राचीन समयमा पृथ्वीमा पाइने सबैभन्दा ठूलो मुसा भनेकै खच्चड आकारको र अधिकतम ४ सय ५३ भएको शोधकर्ताहरुको भनाइ छ ।

केस वेस्टर्न रिजर्भ विश्वविद्यालयका पुरातत्वविद रसेल एंगलम्यानका अनुसार साँढे आकारको मुसा भनिएपनि त्यसको एकिन मापनको कुनै विधि छैन । यद्यपि यसको लातार जाँच चलिरहेको बताइएको छ । सही आकार तथा वजन पत्ता लगाउन मुस्किल भएको हुँदा रसेलको टोलीले नयाँ विधि पत्ता लगायो ।

रोयल सोसाइटी ओपन साइन्स जर्नलमा प्रकाशित रिपोर्ट अनुसार रसेलले फोबेरोमिस, जोसेफोआर्टिगेसिया लगायतका विभिन्न प्राचीन मुसाका आकारको मापन गरे । त्यस क्रममा प्राचीन मुसाको आकार वास्तवमा साँढे भन्दा सानो र वजन पनि कम रहेको पुष्टि भयो ।

तर प्राचीन मुसा वर्तमान मुसाको प्रजाति भन्दा धेरै ठूलो हुन्थ्यो । जुन वर्तमानका कतिपय ठूला स्तनधारी जीवभन्दा पनि ठूला हुन्थे । २० देखि ८० लाख वर्ष पहिले यी मुसा दक्षिण अमेरिकाको वेटल्याण्डस्मा घुम्दथे ।

उरुग्वेस्थित रिपब्लिक युनिभर्सिटीका पुरातत्वविद अर्नेस्टो ब्लांकोले सन् २००८ मा जोसेफोआर्टिगेसिया प्रजातिको मुसाको खप्परको हड्डी फेला पारेका थिए । उक्त मुसाको बंगारा अहिलेको बाघको भन्दा ३ गुणा ठूलो र बलियो थियो । उक्त मुसाले आफ्नो दाँतले ढुंगा पनि फुटाउँथ्यो ।

-एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार