होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘मेरो डान्स कप र भ्वाइस कप यूएसए’को उपाधि रेनुका र प्रवीणलाई
समाचार

‘मेरो डान्स कप र भ्वाइस कप यूएसए’को उपाधि रेनुका र प्रवीणलाई

  • नागरिक रैबार
‘मेरो डान्स कप र भ्वाइस कप यूएसए’को उपाधि रेनुका र प्रवीणलाई

काठमाडौं । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को फाइनल सम्पन्न भएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना भएको थियो । काठमाडौंमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो ।

कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जितेकी छन् । उनले, ताजसँगै १० हजार डलर सहित टोयोटा गाडी पनि जितिन् । ‘मेरो भ्वाइस कप’को उपाधि प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् ।

‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन् ।

विज्ञापन

‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा-फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले पुरस्कार प्रदान गरेका थिए ।

दर्शकहरुको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगीतामा दर्शकको बाक्लो भिड थियो । संगीतकार शम्भुजित बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, शिव परियार, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्स्तुति दिएर दर्शकलाई नचाएका थिए ।

कलाकारहरु साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।

अमेरिका र क्यानडामा बसोबास गर्दै आएका नेपाली भाषीले प्रतिस्पर्धा गरेका थिए । इन्ट्रा–फाउन्डेशनले आउँदो बर्षदेखि ‘मेरो डान्स यूनिभर्स र मेरो भ्वाइस यूनिभर्स’को आयोजना गर्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार