होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ ले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम
समाचार

बडीमालिका ९ ले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

  • नागरिक रैबार
बडीमालिका ९ ले गर्यो सार्वजनिक सुनुवाई कार्यक्रम

नागरिक रैबार/बाजुरा २९ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ले गत आर्थिक वर्ष २०७८/७९ मा वडा संचालन भएको योजनाहरुको सार्वजनिक सुनुवाई गरेको छ ।

वडाले गएको आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुलाई पारदर्शी बनाउन वडाले संचालन गरेका योजनाहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

वडामा ०७८/७९ का लागि विनियोजन गरेको बजेट तथा निती कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

विज्ञापन

वडामा गत आवमा ५६ वटा नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता अन्तरगत जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई, सम्वन्ध विच्छेद लगायत प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरतग १३३ जना लाभान्वित भएका छन् ।

त्यस्तै ७ वटा गोरेटो बाटो निर्माण गरेको छ । कोभिड प्रभावित ५८ जना नगरपालिका मार्फत आर्थिक सहयोग गरेको छ । त्यसैगरी वडाको राजस्व ४३ हजार २ सय ३३ संकलन गर्न सफल भएको छ ।

त्यस्तै वडामा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत जेष्ठ नागरिक , दलित जेष्ठ, एकल महिला, विधवा, पुणर् अपाङ्ग आंसिक अपाङ्ग क्षेत्र तोकिएका बालवालिका र दलित बालवालिका गरी ४ सय ११ जना लाभान्वित भएको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत वडाबासीलाई जानकारी गराईएको छ ।

बडीमालिका नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष सुर्य किरण बिकको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा, कार्यपालिका सदस्य राजेश पायल विक, वडा समितिका सदस्यहरु, निवर्तमान कार्यवहाक वडा अध्यक्ष लालचन्द नेपाली अन्य सदस्यहरु पार्टी प्रतिनिधि, पत्रकार, वडाबासी बुध्दीजिबीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै