होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले ६ दिनका लागि थापालाई बनायो गुप्तचरको एआईजी
समाचार

सरकारले ६ दिनका लागि थापालाई बनायो गुप्तचरको एआईजी

  • नागरिक रैबार
सरकारले ६ दिनका लागि थापालाई बनायो गुप्तचरको एआईजी

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा तीन महिनादेखि रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापा बढुवा भएका छन् । शुक्रबार बसेकोे मन्त्रिपरिषद् बैठकले थापालाई मुलुकको गुप्तचरी निकाय राअविको दोस्रो वरियताको पद अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।

थापा हाल गुप्तचरका लागि गण्डकी प्रदेश प्रमुखका रुपमा कार्यरत थिए । एआईजी सरहको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदका लागि अनुसन्धान निर्देशक हुतराज थापा, हरिहर पौडेल, ओम जोशी र सुनिल ढकाल प्रतिष्पर्धामा थिए । उनीहरु १४ भदौ २०७४ मा अनुसन्धान निर्देशक पदमा बढुवा भएका थिए ।

सरकारले दोस्रो नम्बर वरियतामा रहेका थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरेको हो । हाल मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएपनि उनले ५८ वर्षे उमेर हदका कारण साउन ४ गते अवकाश पाउनेछन् । राअविका हालका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।

विज्ञापन

राअवि स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका प्रकाश देउवा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुप्तचर हेर्ने जिम्मेवारी पाएका सचिव लक्ष्मण अर्यालले उनलाई ६ दिनका लागि पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बनाउन लबइङ गरेका थिए ।

राअविका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले ९ वैशाखमा अवकास पाएपछि एक मात्र मुख्य अनुसन्धान निर्देशकको पद खाली थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुप्तचरको भावी नेतृत्वलाई पनि प्रभाव पार्ने भएकाले गुप्तचरमा अतिरिक्त अनुसन्धान निर्देशकको एक दरबन्दी थप गरेर दुईजनालाई बढुवा गर्ने तयारी छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गुप्तचरमा तीन मध्ये दुईवटा अतिरिक्त अनुसन्धान निर्देशकको दरबन्दी कटौती गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार