होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त’
समाचार

‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त’

  • नागरिक रैबार
‘विद्युत् प्राधिकरणको लापरबाहीले सडक र खानेपानीको पाइपलाइन क्षतिग्रस्त’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमै क्षतिपूर्ति नदिँदा काठमाडौंको नयाँ बजारस्थित खुसीबु क्षेत्रका खानेपानी पाइपलाइन मर्मत र सडक पुनर्निर्माणमा ढिलाइ भएको छ ।

प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा खुसीबु क्षेत्रमा करिब १४ किलोमिटर खानेपानी पाइपलाइनमा क्षति भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार खानेपानी पाइपलाइनमा पुगेको क्षति मर्मत सम्भारका लागि करिब ६ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

विज्ञापन

विद्युत् लाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको मर्मत एवं सडक पुनर्निर्माणका लागि प्राधिकरणबाट क्षतिपूर्ति रकम प्राप्त नहुँदा काम सम्पन्न गर्नमा ढिलाइ भएको आयोजनाका उपनिर्देशक एवं प्रवक्ता इन्जिनियर चन्द्रकुमार श्रेष्ठले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

पाइपलाइनको मर्मत सम्भार एवं सडक पुनर्निर्माणका लागि लाग्ने क्षतिपूर्ति रकम प्राधिकरणले पीआईडीलाई भुक्तानी दिने सम्बन्धमा पीआईडी र नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाबीच यसअघि नै सहमति भएको श्रेष्ठको भनाइ छ ।

नयाँ बजार जग्गा एकीकरण उपभोक्ता संघका अध्यक्ष लगायतका पदाधिकारीले आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटासँग भेट गरी छिट्टै क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्न माग गरेका थिए । सो क्रममा निर्देशक सापकोटाले प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्दा क्षति भएका खानेपानीका पाइपलाइनको क्षतिपूर्ति रकम प्राप्त नभएका कारण क्षति भएको खानेपानीको काम र सडकको पुनर्निर्माणमा ढिलाइ भएको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार