होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चुनावी पोस्टरबाट माओवादीले हटायो कुलमानको तस्बिर
समाचार

चुनावी पोस्टरबाट माओवादीले हटायो कुलमानको तस्बिर

  • नागरिक रैबार
चुनावी पोस्टरबाट माओवादीले हटायो कुलमानको तस्बिर

काठमाडौँ — चुनाव प्रचारका लागि तयार पारेको पोस्टरबाट नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान आफूसँगै अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर भएको चुनावी पोस्टर सार्वजनिक गरेको थियो ।

घिसिङले आफ्नो सहमतिबिनै माओवादीले तस्बिर राखेको बताएका थिए । सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछी माओवादीले कुलमानको तस्बिर हटाएको हो । दाहालको सामाजिक सञ्जाल फेसबुकमा राखिएको नयाँ पोस्टरमा अर्थमन्त्री शर्मा र घिसिङको तस्बिर हटाइएको छ ।

माओवादी अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका बेला घिसिङलाई पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङले पनि तत्कालीन प्रधानमन्त्री र ऊर्जामन्त्री जनार्दन शर्माको साथ र सहयोगले नै लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँदै आएका छन् । दोस्रो पटक २०७८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादीकै आग्रहमा घिसिङलाई पुन: कार्यकारी निर्देशमा नियुक्त गरेको हो । घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो । उनले लोडसेडिङ अन्त्य गराएका थिए । सोही कुराको जस लिन माओवादीले उनको तस्बिर चुनावी पोस्टरमा राखेको थियो ।

विज्ञापन

‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको थियो । साथै अब नि:शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका थिए । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले  संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए । घिसिङको प्रतिक्रिया आएसँगै माओवादीले पोस्टरबाट उनको तस्बिर हटाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै