होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा
समाचार

कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

  • नागरिक रैबार
कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको हो ।

घिमिरे नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल निकट कानुन व्यवसायीको तर्फबाट साझा उम्मेदवार छन् । बारको चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार तय गरेका छन् । बारको नयाँ नेतृत्व चयनका लागि १९ चैतमा मतदान हुनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार