होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड छेडेदहकाे दशौँ हिउदे अधिबेशन सम्पन्न
समाचार

खप्तड छेडेदहकाे दशौँ हिउदे अधिबेशन सम्पन्न

  • नागरिक रैबार
खप्तड छेडेदहकाे दशौँ हिउदे अधिबेशन सम्पन्न

नागरिक रैबार/बाजुरा २९ पुस।  खप्तड छेडेदह गाँउपालिकाको बजेट सुनुवाई तथा हिँउदे अधिबेशन बिभिन्न बिधयक पारित गर्दै सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतको अध्यक्षतामा बजेट सुनुवाई तथा हिँउदे अधिबेशनसम्पन्न भएको हो । कार्यक्रममा संघिय सरकार प्रदेश परकार, राजस्व वाँडफाँड लगायतवाट गाँउपालिकालाई प्राप्त बजेटको बिषयमा सुनुवाई भएको थियो ।

जसमा गाँउपालिकालाई आर्थिक वर्ष २०७८/०७९ को बजेट अन्तर्गत संघिय सरकारबाट ३ करोड ५९ लाख ३० हजार, प्रदेश सरकारबाट २ करोड ७० लाख ७ हजार, राजस्व वाँडफाँड ७ करोड ३० लाख ७८ हजार र आन्तरिक स्रोत ७ करोड २९ लाख गरी कुल ५२ कोड ५७ लाख ७९ हजार ६ शय २८ रुपैयाँ ७३ पैसाको बजेट सुनुवाई भएको छ । गाँउपालिकाको हिँउदे अधिबेशनले बिभिन्न कार्यविधि तथा नियमावलीहरु पारित गरेको छ ।

जसमा शिक्षक दरवन्दी तथा मिलन व्यवस्थापन कार्यविधी २०७८ संक्षिप्त वातावरणिय अध्यायन तथा प्ररम्भिक वातावरणिय परीक्षण कार्यविधि २०७८, व्यशसाय सम्बन्धि कार्यविधी २०७८, ऐन कार्य विधि कार्यन्वयन गर्ने सम्बन्धमा सुन्ुवाइ भएको थियो । जसमा खप्तड छेडेदह गाँउपालिकाको स्थानिय भुमि ऐन, २०७८, गाँउपालिकाको बन ऐन, २०७८, कृषि तथा पशुपंक्षी ऐन, २०७८, खानेपालनी तथा सरसफाई स्वच्छता ऐन २०७८ कार्यपािलकाबाट भएका निर्णयरुको अनु्मोदन सम्बन्धमा सुनुवाई भएको छ । कार्यपलिकाको निर्णय अख्तियारी तथा अन्य विविध प्रस्तावका सम्बन्धमा पेश गरी गाँउ सभाले पास गरेको जानकारी गाँउपालिकाका प्रवक्ता कुम्भनाथ योगीले जानकारी दिनु भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार