होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देउवा-प्रचण्ड र नेपालबीच छलफल
समाचार

देउवा-प्रचण्ड र नेपालबीच छलफल

  • नागरिक रैबार
देउवा-प्रचण्ड र नेपालबीच छलफल

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु छलफलमा बसेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ।

नेताहरुबीच एमसीसी, स्थानीय चुनावलगायतका समसामयीक विषयमा छलफल भइरहेको बुझिएको छ। अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ। तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ।

विज्ञापन

काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ। सरकारले अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै