होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडिमालिकामा पर्यटन प्रवर्द्धन गर्न हेलि टुर
समाचार

बडिमालिकामा पर्यटन प्रवर्द्धन गर्न हेलि टुर

  • नागरिक रैबार
बडिमालिकामा पर्यटन प्रवर्द्धन गर्न हेलि टुर

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ ।

बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना हुने भएको हो ।

उक्त टुरमा खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र साफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न जाने व्यवस्था मिलाइएको छ । यात्रुहरुलाई स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरु उपलब्ध गराइने आयोजकले जानकारी दिएका छन् ।

विज्ञापन

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै कोरानाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रम सहयोगी हुने बताए । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले सुदूरपश्चिम प्रदेश भारतका विभिन्न शहरसँग जोडिएकोले यो कार्यक्रममा भारतीय पर्यटकलाई समेत ल्याउन सकिने बताए ।

नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुराँगाईले सुदूरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै यो कार्यक्रमले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे । यस्तै नाटा सुदूरपश्चिम प्रदेशका सल्लाहकार नरेन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकोले आर्थिक विकासका लागि त्यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार