होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री
अन्तर्राष्ट्रिय

सहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री

  • नागरिक रैबार
सहबाज सरिफ बने पाकिस्तानको प्रधानमन्त्री

काठमाडौं । पाकिस्तान मुस्लिम लिग एनका अध्यक्ष सहबाज सरिफ पाकिस्तानको २३औं प्रधानमन्त्री चयन भएका छन् ।पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष इमरान खानविरुद्धको अविश्वास प्रस्ताव संसदबाट पारित भएपछि संसदले सरिफलाई नयाँ प्रधानमन्त्री चयन गरेको हो ।

सरिफलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा संसद्का ३४२ सदस्य मध्ये १७४ सांसदले मतदान गरेका छन् । प्रधानमनत्रीका लागि पाकिस्तान तहरिक ए इन्साफका उपाध्यक्ष शाह महमुद कुरैसीले पनि मनोनयन दर्ता गरेका थिए । तर तहरिक ए इन्साफका सांसदले संसद नै बहिस्कार गरे ।

सहबाजले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने छन् । प्रधानमनत्री चयन भएका सहबाज पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । सहबाजले यसअघि पञ्जाव प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै