होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामका विनोद शाहीको अन्त्येष्टि
समाचार

अछामका विनोद शाहीको अन्त्येष्टि

  • नागरिक रैबार
अछामका विनोद शाहीको अन्त्येष्टि

अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका विनोद शाहीको शवको पोष्टमार्टमपछि दाह संस्कार गरिएको छ।शाहीको बिहीवार पंचदेवल विनायक नगरपालिकाको– ४ कालिका स्थान बेलेखतको कर्णाली नदिमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको हो। शव भेटिएको ६ दिनपछि बिहीबार नै शवको पोष्टमार्टम गरिएको थियो। जिल्ला अस्पताल अछाममा पोष्टमार्टमपछि आफन्तले उनको शव बुझेका थिए।

पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्। नवनिर्वाचित जनप्रतिनिधिलगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए। यस्तै घटना अनुसन्धानको निष्कर्षतिर पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने दाबी समेत गरे।

अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ। राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ।

विज्ञापन

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ। मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन्।

विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए। तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै