होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘ए मेरो हजुर ४’लाई पहिले ‘केजीएफ २’को डर, अब कोरोनाको
मनोरञ्जन

‘ए मेरो हजुर ४’लाई पहिले ‘केजीएफ २’को डर, अब कोरोनाको

  • नागरिक रैबार
‘ए मेरो हजुर ४’लाई पहिले ‘केजीएफ २’को डर, अब कोरोनाको

काठमाडौं । दोस्रो पटक चलचित्रको प्रदर्शन मिति तय गरेपनि चलचित्र ‘ए मेरो हजुर ४’ तोकिएको समयमा रिलिज हुनेमा दोधार देखिएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यो चलचित्र यसअघि भदौमा रिलिज गर्ने तयारी थियो ।

भदौमा रिलिज गर्ने योजना भएपनि कोरोनाका कारण हलहरु खुल्न नसकेपछि ‘ए मेरो हजुर ४’ रिलिज हुन सकेन । निर्माणपक्षले हल खुल्ने बित्तिकै चैत २५ गतेबाट चलचित्र प्रदर्शन गर्ने घोषणा गर्‍यो । जसअनुसार यो चलचित्रको टिजर गत शुक्रबार रिलिज गर्ने भनेर प्रचार पनि गरियो । तर, झरना थापा निर्देशित चलचित्रको टिजर तयार भएर पनि सार्वजनिक हुन सकेन ।

यसको कारण कोरोनाको त्रास नै रहेको बुझिएको छ । छिमेकी मुलुक भारत लगायत विश्वका धेरै देशमा कोरोना संक्रमणको तेस्रो लहर फैलिन थालेपछि निर्माता सुनिलकुमार थापा चलचित्रको टिजर रोक्न बाध्य भएका हुन् ।

विज्ञापन

यसअघि पनि चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर, वैशाख १ गते अर्थात अप्रिल १४ मा साउथ चलचित्र ‘केजीएफ २’ रिलिज हुन्छ या हुँदैन भन्ने दोधार थियो । यो चलचित्र अप्रिल १४ मा रिलिज नभएको खण्डमा ‘ए मेरो हजुर ४’लाई यही मितिमा रिलिज गर्ने योजना निर्माताको थियो ।

यसैले केही समयअघि ‘केजीएफ २’का कारण दोधारमा रहेका निर्माता अब कोरोनाका कारण फेरि अलमलमा परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार