होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृत्यु

  • नागरिक रैबार
पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृत्यु

काठमाडौं । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा मृत्यु भएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको हो । त्यहाँ हरेक वर्ष हिउँदयाममा पर्यटकहरु हिमपातको मजा लिन जाने गर्दछन् ।

शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भयो । पर्यटकहरु बीचबाटोमै अलपत्र परे । कतिपय सवारी साधन हिउँमै पुरिएका छन् । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको छ ।

विज्ञापन

आपतकाल घोषणा

भारी हिमपातका निम्तिएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।

गृहमन्त्री शेख रसिदले १५/२० वर्षयताकै धेरै संख्यामा पर्यटकहरु हिउँमा खेल्न भनेर मुरी क्षेत्रमा पुगेका थिए । बाटोमा पर्यटकहरु चढेका करिब १ हजार सवारी साधनहरु अलपत्र परेका छन् ।

त्यसैले ठूलो आपत आइपरेको उनको भनाइ छ । उनका अनुसार रावलपिण्डी र इस्लामावाद प्रशासनको टोली तथा सेनाका पाँच प्लाटुनलाई उद्धार कार्यमा परिचालन गरिएको छ ।

आज साँझसम्ममा हिउँमा फसेका गाडीहरुलाई निकाल्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।

पन्जाब सरकारले हिल स्टेशनका सबै बाटाहरु बन्द गरेको छ । आपत्कालीन सेवामा खटिएकाहरुलाई बाहेक अन्यलाई त्यहाँ आउ–जाउ गर्न प्रतिबन्ध लगाइएको छ । खाना र कम्बल लगेर उद्धारमा जानेहरुलाई मात्र अनुमति दिइएको छ ।

पाकिस्तानको मौसम विभागले जनवरी ६ तारिखदेखि ९ तारिखको बीचमा मुरी र गलियत क्षेत्रमा भारी हिमपात हुने भविष्यवाणी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि