होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले गुल्मीको अधिवेशन: पदाधिकारीमा ३ जना दलित निर्वाचित
समाचार

एमाले गुल्मीको अधिवेशन: पदाधिकारीमा ३ जना दलित निर्वाचित

  • नागरिक रैबार
एमाले गुल्मीको अधिवेशन: पदाधिकारीमा ३ जना दलित निर्वाचित

नेकपा एमाले गुल्मीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी सहित विभिन्न पदका लागि गए रातिसम्म रस्साकस्सी चले पनि अन्ततः सबै पदमा सर्वसम्मत टुङ्गो लागेको एमालेका युवा नेता कृष्ण विश्वकर्माले जानकारी दिए । अध्यक्षमा बालसिंह काउछा, उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली, उपसचिवमा धर्म विश्वकर्मा र सावित्रा आचार्य सर्वसम्मत निर्वाचित भएको विश्वकर्माले जानकारी दिए ।

गुल्मीमा पहिलो पटक पदाधिकारीमा ३ जना दलित समुदायले नेतृत्व पाएका छन् । उपाध्यक्ष सुनार राष्ट्रिय सभाका उम्मेदवार समेत हुन् । सचिव श्रीपाली ( विश्वकर्मा ) पूर्वमन्त्री गोकर्ण विष्टका पूर्व स्वकीय सचिव हुन् । उपसचिव विश्वकर्मा पूर्व माओवादी नेता हुन् । माओवादी केन्द्रका सुदर्शन बराल , राष्ट्रिय जनमोर्चाका जीवन राना पछि जिल्ला पार्टी प्रमुख हुने एमालेका बालसिंह काउछा जनजातिबाट तेस्रो व्यक्ति हुन् । पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।

निर्वाचित कमिटीलाई पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सचिव गोकर्णराज विष्ट र केन्द्रीय सदस्य दिनेश पन्थी लगायतका नेताले अहिले बिहान शपथ ग्रहण गराउँदै छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार