होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलाको लास्कु खोलामा बाढी : १३ घर बगायो, ४ जना बेपत्ता
समाचार

दार्चुलाको लास्कु खोलामा बाढी : १३ घर बगायो, ४ जना बेपत्ता

  • नागरिक रैबार
दार्चुलाको लास्कु खोलामा बाढी : १३ घर बगायो, ४ जना बेपत्ता

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए ।

बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका दुई जना रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मगरका बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ । उनीहरूलाई उद्धार गरि स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ ।

बाढीले लास्कु खोलाकै झोलुङ्गे पुल पनि बगाएको छ । उक्त पुल बगाएपछि खोला पारिको वस्ती आवातआजतबाट वञ्चित भएको छ ।खोला पारिको वस्तीका नागरिक फोन सम्पर्क भए पनि पुल भत्किएकोले राहत वितरणमा कठिनाइ हुने प्रहरी निरीक्षक मगरले बताए ।

विज्ञापन

साथै सोही झोलुङ्गे पुल विस्थापित गर्न बनिरहेको पक्की पुल पनि बाढीले बगाएको छ । लास्कु खोलामा आएको बाढी महाकाली नदीमा मिसिएको छ । यसले महाकाली नदी आसपासमा पनि क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार