होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य
समाज

चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य

  • नागरिक रैबार
चिकित्सा शिक्षाको प्रवेश परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं। राष्ट्रिय परिचयपत्र नभएका विद्यार्थीले अबदेखि चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन नपाउने भएका छन् । सोमबार चिकित्सा शिक्षा आयोगले कार्यक्रम गरी नक्कली प्रमाणपत्रधारीलाई रोक्न अब हुने चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने जानकारी दिएको छ ।

कार्यक्रममा योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा.डा. रमेशप्रसाद आचार्यले त्यसका लागि राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको समेत जानकारी दिए ।

उनले भने ‘एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ ।’

विज्ञापन

कार्यक्रममा आयोगले कार्यप्रगति सार्वजनिक गर्दै प्रत्येक वर्ष चिकित्सा शिक्षा शिक्षण गर्ने संस्थाहरुको स्थलगत अनुगमन र सिट निर्धारण गर्ने, चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १ हजार २५२ विद्यार्थीलाई अनुमति पत्र प्रदान गरेको उल्लेख गरेको छ ।

नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीजले पाठ्यक्रम विकास गरी यसै वर्षदेखि ६ वटा अस्पतालमा १० जना विद्यार्थीहरु अध्ययनरत रहेको आयोगले जनाएको छ ।

त्यस्तैगरी डेढ दर्जन कार्यविधि विकास र कार्य, दुई चरणमा स्नातक तह, स्नातकोत्तर तहको र एक चरणमा सोभन्दा माथिका एकीकृत प्रवेश परीक्षा सम्पन्न गरेको उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै