होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँचदलीय कार्यदलको संयोजकमा सिटौला चयन
समाचार

पाँचदलीय कार्यदलको संयोजकमा सिटौला चयन

  • नागरिक रैबार
पाँचदलीय कार्यदलको संयोजकमा सिटौला चयन

सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् । सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए । उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।​

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार