होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘छड्के २’ को वर्कशपबाट बाहिरियो अनमोलको लुक्स
मनोरञ्जन

‘छड्के २’ को वर्कशपबाट बाहिरियो अनमोलको लुक्स

  • नागरिक रैबार
‘छड्के २’ को वर्कशपबाट बाहिरियो अनमोलको लुक्स

अभिनेता अनमोल केसी यतिबेला चितवनमा छन्। उनी ‘छड्के २’को वर्कशपको लागि चितवन पुगेका हुन्। ‘छड्के २’ मा काम गर्नुअघि नै उनको लुक्स सार्वजनिक भएको हाे। सार्वजनिक तस्बिरमा अनमोल अभिनय सिकिरहेको देख्न सकिन्छ।

निगम श्रेष्ठको पटकथा र निर्देशनमा बन्न लागेको फिल्ममा अनमोल केसी, रविन तामाङ, कमलमणि नेपाल लगायतको अभिनय रहनेछ भने यस फिल्मबाट नीति शाहले डेब्यू गर्ने भनिएता पनि सार्वजनिक गरिएको छैन।

निर्देशक श्रेष्ठका अनुसार अहिले चितवनमा वर्कशप भएको छ। ‘अनमोल केसी अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले क्यारेक्टर एडप्ट गरिरहेका छन्। उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन गरेको संघर्षले हाम्रो टिमलाई उर्जा मिलेको छ। अनमोलले सोचेको भन्दा धेरै मेहनत गरिरहेका छन्,’ उनले भने।

विज्ञापन

फिल्मको छायांकन भदौ १ गतेबाट सुरु हुनेछ। काभ्रे फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी रहनेछ। भदौ १ गतेबाट छायांकनमा जाने तयारी रहेका निर्माता प्रशान्त गिरीले बताए।

‘ग्याङस्टार फिल्मलाई छायांकन गर्न अहिले ६० दिनको सेड्युल रखिएको छ। फिल्मको ब्राण्ड भ्यालुलाई खस्किन नदिन निर्माताको पक्षबाट कुनै सम्झौता गरिएको छैन,’ उनले भने, ‘निर्देशक र कलाकारलाई चाहिने सम्पूर्ण कुराहरू उपलब्ध गराएका छौं। बाँकी कलाकारसहित टिमलाई छायांकन प्रारम्भ भएसँगै परिचित गराउने छौं।’

२०१३ मा प्रदर्शन भएको फिल्म ‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, विपिन कार्की, दयाहाङ राईलगायत कलाकारको अभिनय थियो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै