होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न माग
समाचार

चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न माग

  • नागरिक रैबार
चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न माग

राष्ट्रियसभा सदस्य दिलकुमारी थापा रावलले नच्यातिने र चपाउन नमिल्ने मतपत्रको व्यवस्था गर्न निर्वाचन आयाेगलाई आग्रह गरेकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले ढिलै भएपनि निर्वाचन मिति घोषणा भएकोमा स्वागत गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा जनताले मतदान गर्ने व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराएकी हुन् ।

‘विद्युतीय मतदान प्रणाली लागू गर्न, नच्यातिने र चपाउन नसकिने मतपत्र बनाउन तथा मतपेटिका साट्न नसकिने बनाउन र मतगणनास्थललाई तारवारले व्यवस्थित गर्न र विगतको कालो दिन दोहोरिन नदिन आयोगको दायित्व हो, आयोगको यसमा ध्यानाकर्षण गराउन चाहान्छु’, सदस्य रावलको भनाइ छ ।

उनले महँगी चुलिएको भन्दै त्यसको प्रभाव आम जनतामा परेकाले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग समेत गरिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार