होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्
समाचार

माधव नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

  • नागरिक रैबार
माधव नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताए ।

विज्ञापन

आफूले दिएको सिट दुरुपयोग गरेको भन्दै ओलीले भने, ‘माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ?’

एमाले अध्यक्ष ओलीले ३० बैशाख २०७९ मा हुने चुनावको परिणाम बेग्लै हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार