होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गण्डकी सरकारले गर्‍यो ११ जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीलाई पदमुक्त
समाचार

गण्डकी सरकारले गर्‍यो ११ जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीलाई पदमुक्त

  • नागरिक रैबार
गण्डकी सरकारले गर्‍यो ११ जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीलाई पदमुक्त

पोखरा । गण्डकी प्रदेश सरकारले आचारसंहिता लागू हुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ ।

गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचन पछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने शुक्रबार नै नियुक्त गरेको छ।

अघिल्लो सरकारले १६ वैशाखमा ३ वर्षे कार्यकालका लागि सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई नियुक्त गरेको थियो । गण्डकी सरकारले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार उनीहरुलाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पदमुक्त गरेको छ । शनिबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । आचारसंहिता लागू हुनु अगावै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भागबण्डाका आधारमा अस्पतालमा पदाधिकारी नियुक्त गरेको छ । भण्डारी नेकपा माओवादी केन्द्रको सिफारिसमा अस्पतालको अध्यक्षमा नियुक्त भएको माओवादीकै एक मन्त्रीले जानकारी दिए । उनी पोखरा महानगरपालिका–२३ निवासी हुन् । उनको नियुक्तीबारे गण्डकी सरकारले अधिकारीक सार्वजनिक भने गरिसकेको छैन ।

विज्ञापन

स्वास्थ्य मन्त्री मधु अधिकारीका अनुसार अस्पताल व्यवस्थापन समितिका अन्य सदस्यहरु नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट छन् ।

जनस्वास्थ्यको क्षेत्रमा काम गरेका भण्डारी पोखरा–२० माओवादी कमिटीका सल्लाहकार हुन् भने उनले माओवादी निकट वुद्धिजीवी संगठनमा रहेर पनि काम गरेका थिए ।

आफूलाई मन्त्री अधिकारीले नियुक्तीबारे जानकारी दिएको बताउँदै भण्डारीले भने, ‘मेरा बुबाआमाले त्यही अस्पताललाई १ लाख दान पनि गर्नुभएको थियो, त्यसैले त्यो अस्पतालप्रति मेरो लगाब पनि छ र म जनस्वास्थ्यकै क्षेत्रमा काम गरेको व्यक्ति पनि हुँ ।’

अघिल्लो सरकारले नियुक्त गरेका जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै सरकारले नयाँ नियुक्त गरेको हो । गण्डकी प्रदेशका संक्रामकसहित सबै जिल्ला अस्पतालमा विभिन्न राजनीतिक दलले भागबण्डा गरेर अध्यक्ष बाँडेका थिए ।

अस्पतालहरुको व्यवस्थापन समितिमा संक्रामक अस्पतालसहित गोरखा, लमजुङ, पर्वत जिल्ला अस्पताल माओवादीको भागमा परेको थियो । नवलपुर, कास्की, मुस्ताङ र मनाङका जिल्ला अस्पताल कांग्रेसको भागमा पर्दा तनहुँ जिल्ला अस्पताल जनता समाजवादीको भागमा परेकाे थियो । बागलुङ जिल्ला अस्पताल जनमोर्चा र म्याग्दी जिल्ला अस्पताल एकीकृत समाजवादीको भागमा परेको थियो ।

म्याग्दीमा एकीकृतबाट अध्यक्ष भएका व्यक्ति नै माओवादी भएको भन्दै विवाद कायमै छ । नवलपुरका अध्यक्ष नियुक्त हुन बाँकी छ । अरु जिल्लामा भने भइसकेको छ ।

जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिमा दलीय सहमतिका आधारमा ५ दलीय गढबन्धनले भागबण्डा गरेको मन्त्री अधिकारीले पुष्टि गरिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार