होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० ले हरायो
समाचार

साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० ले हरायो

  • नागरिक रैबार
साफ महिला च्याम्पियनसिप : भारतले पाकिस्तानलाई ३-० ले हरायो

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३-०ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

२१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन् । त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो बारमा गोल गरिन् र भारतलाई पहिलो हाफमा २-० को अग्रता दिलाइन् ।

भारतको लागि सोमिया गुगुलोथले इन्जुरी समयमा गोल गर्दै भारतलाई ३-० को जित दिलाईन् । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले दोस्रो हाफमा केही चलायमान देखिए पनि गोल भने गर्न सकेन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार