होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सन्दीपको समाचार विदेशी सञ्चारमाध्यममा छ्याप्छयाप्ती
समाचार

सन्दीपको समाचार विदेशी सञ्चारमाध्यममा छ्याप्छयाप्ती

  • नागरिक रैबार
सन्दीपको समाचार विदेशी सञ्चारमाध्यममा छ्याप्छयाप्ती

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको समाचार विदेशी सञ्चार माध्यमहरुमा पनि छ्याप्छयाप्ती भएका छन्।

लामिछानेविरुद्ध पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएको समाचार स्वदेशी मिडियासँगै विदेशी मिडियाहरुमा पनि हाल चर्चामा छ। विशेषगरी भारतीय सञ्चारमाध्यमले सन्दीपको समाचारलाई महत्वका साथ स्थान दिएका छन्। आईपीएल खेलेको कारणले पनि सन्दीपसँग सम्बन्धित यस घटनालाई भारतीय मिडियाले महत्व दिएका हुन्।

नेपाली क्रिकेट टिमको कप्तान मात्र नभई सानो उमेरमा नै एशोसियट राष्ट्रबाट विश्वभरिका फ्रेन्चाइज लिग खेलेका कारण विश्व क्रिकेट जगतमा सन्दीप लामिछानेको नाम निकै चर्चित थियो।

विज्ञापन

त्यसैले भारतसँगै अन्य देशका मिडियाले पनि यो समाचारलाई प्रकाशन र प्रसारण गरिरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै