होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • सुपर हिरो कुकुर, जो सहरी फोहोरमैलाविरुद्ध यसरी लडिरहेको छ
विचित्र संसार

सुपर हिरो कुकुर, जो सहरी फोहोरमैलाविरुद्ध यसरी लडिरहेको छ

  • नागरिक रैबार
सुपर हिरो कुकुर, जो सहरी फोहोरमैलाविरुद्ध यसरी लडिरहेको छ

दुनियाँमा एकातर्फ मानिसहरूले नै आफ्नो जिम्मेवारी भुलिरहेका छन् भने अर्कोतर्फ एउटा अबोध पशु चाहिं मानिसहरूलाई आफ्नो जिम्मेवारी तथा कर्तव्यको बोध गराउँदैछ । दक्षिण अमेरिकी मुलुक चिलीको राजधानीमा बस्ने एक सुपर हिरो कुकुरको वास्तविक खबर हो यो ।

चारखुट्टे उक्त सुपर हिरोको नाम साम हो । साम भलै एउटा कुकुर हो तर उसमा वास्तवमै सुपर पावर छ । आम मानिसहरूले नगर्ने काम उसले गरिदिन्छ । चिलीको राजधानी सान्टियागोको एक पार्कलाई सफा गर्ने तथा हराभरा बनाउने काम उसले गरिरहेको छ । उक्त पार्कमा आउने मानिसहरुका लागि साम एक रोल मोडल बनिसकेको छ ।

बोर्डर कोली नश्लको उक्त कुकुर आफ्ना मालिक गोन्जालो चियांग सँग दैनिक रुपमा सान्टियागोस्थित महानगर पार्कमा नियम रुपमा पुग्दछ । एक शैक्षिक गाइडमा कार्टूनको रुपमा पनि साम चर्चित बनिसकेको छ । उक्त कार्टुनमा उसले हरियो रङको टोपी लगाएको छ ।

विज्ञापन

सान्टियागोको मेट्रोपोलिटन पार्कमा सर्वाधिक हरियाली छ । उक्त पार्कमा गएर साम र उसका मालिक गोन्जालोले दैनिक रुपमा त्यहाँ फ्याँकिएका प्लास्टिकका बोतल, डिब्बा तथा खानाका प्याकेटहरु उठाउने गर्दछन् । गत अफ्रिलमा साम र गोन्जालोले पार्कमा फ्याँकिएका कपडा, हेलमेट, खानाका र्‍यापका अलावा ६०२ वटा मास्क, ५८५ वटा बोतल तथा ३०४ वटा डिब्बा जम्मा गरेका थिए ।

साम हप्तामा कम्तिमा पनि ३ पटक उक्त पार्कमा जान्छ र फोहोर टिप्ने का मगर्दछ । साथै उसले त्यहाँ आएका आगन्तुकहरूलाई पनि आकर्षित गर्ने तथा आफ्नो जिम्मेवारी बोध गराउने का मगर्दछ । पार्कका अधिकारीहरू पनि सामसँग निकै प्रभावित छन् र सामको तस्वीरलाई आफ्नो पार्क केयर अभियानका लागि प्रयोग गर्ने निर्णय गरिसकेका छन् ।

पार्कका आउने मानिसहरुले आफूले प्रयोग गरेका सामानबाट निस्किने फोहोर आफैसँग लैजाने वा त्यहाँ रहेका ४० भन्दा धेरै रिसाइकल प्वाइन्टमा लगेर राख्ने गर्नु पर्दछ । तर केही मानिसहरु लापरबाही गर्दछन् र फोहोर त्यत्तिकै फ्याँक्दछन् ।

त्यस्ता मानिसहरूमा चेतना जगाउनका लागि साम निकै प्रभावकारी सुपर हिरो बनिरहेको छ । सामले स्कुल तथा सोसल मिडियामा पनि निकै राम्रो ढंगले चेतना फैलाउने काम गरेको छ ।

उक्त पार्कमा चिडियाखाना छ । लामो पैदलयात्राका लागि पदमार्ग छ । साम र गोन्जालोले यत्रतत्र फोहोर फ्याँक्न नहुने विषयमा आम मानिसलाई शिक्षा दिने कार्यलाई निकै तिव्र रुपमा अगाडि बढाइरहेको र फोहोरको वर्गीकरणका लागि पनि प्रेरित गरेको पार्कका अधिकारीहरू बताउँछन् ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार