होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनमा भेटिए थप २१४ कोरोना संक्रमित
समाचार

चीनमा भेटिए थप २१४ कोरोना संक्रमित

  • नागरिक रैबार
चीनमा भेटिए थप २१४ कोरोना संक्रमित

सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् ।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार दिएको जानकारीअनुसार चीनमा आइतबार मात्र २१४ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो ।

यहाँका हेबेइ, ग्वांगोग र जिलिनमा ती संक्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढेको पाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार