होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा सुटुक्क एमसीसीको स्वागत गर्ने नेविसंघको तयारी
समाचार

कञ्चनपुरमा सुटुक्क एमसीसीको स्वागत गर्ने नेविसंघको तयारी

  • नागरिक रैबार
कञ्चनपुरमा सुटुक्क एमसीसीको स्वागत गर्ने नेविसंघको तयारी

धनगढीः कञ्चनपुरमा सुटुक्क एमसीसीको स्वागत गर्न लागिएको छ। (एमसीसी) संसदबाट अनुमोदन भएपछि कञ्चनपुरमा त्यसको स्वागतको तयारी थालिएको हो। विरोध मत्थर हुँदै गएपछि कञ्चनपुर काँग्रेसका विद्यार्थी नेताहरूले यस्तो तयारी थालेका हुन्।

एमसीसी परियोजना राष्ट्रघाती र जनताको हित विपरीत नरहेको उनीहरुको दाबी छ। कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ कञ्चनपुरले एमसीसी परियोजनाले मुलुकको विकासका लागी आवश्यक फड्को मार्ने अपेक्षा गरिएको जनाएको छ। नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले उच्चस्तरीय नेताहरूले सकारात्मक धारणा राखेकाले पनि यस परियोजनालाई गलत भन्नु अनुपयुक्त रहेको बताएका छन्। यसअघि विगतमा एमसीसीको विरोधमा आन्दोलन गर्दै आएका उनीहरुले अहिले स्वागतको तयारी थालेका हुन्। नेविसंघले खुलेरै एमसीसीको स्वागत गर्न नसकिएपनी अवस्था शान्त भएपछि दीप प्रज्वलन गरिने जनाएको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संघठन अनेरास्वयू कञ्चनपुरले पनि एमसीसी परियोजना लागु हुनुमा गठबन्धनको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ। उनीहरुले महेन्द्रनगरमा प्रज्वलन सहित स्वागत गरिने जनाएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार