होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिसडोल पुगेर बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ
समाचार

सिसडोल पुगेर बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ

  • नागरिक रैबार
सिसडोल पुगेर बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।

केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’

उनले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि सुनाए । यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने उनले बताए ।

विज्ञापन

उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताए । ‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्‍यो नि त,’ उनले भने ।

स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्‍यो भनेर माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए । मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुले राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार