होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपा नेता भट्टराईले गरे पार्टी विभाजनको प्रस्ताव
समाचार

जसपा नेता भट्टराईले गरे पार्टी विभाजनको प्रस्ताव

  • नागरिक रैबार
जसपा नेता भट्टराईले गरे पार्टी विभाजनको प्रस्ताव

काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् ।समयले नयाँ ध्रुवीकरण खोजेकोभन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् ।जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ-आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेका हुन् ।

अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति भएको भन्दै उनले समयले नयाँ ध्रुविकरण खोजेको ट्वीटमा उल्लेख गरेका छन् ।‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ ।’ उनले ट्वीटमा भनेका छन्, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार