होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मलिकाले राजेश र पलसँग ‘सत्यम्’मा काम गर्लिन् त ?
मनोरञ्जन

मलिकाले राजेश र पलसँग ‘सत्यम्’मा काम गर्लिन् त ?

  • नागरिक रैबार
मलिकाले राजेश र पलसँग ‘सत्यम्’मा काम गर्लिन् त ?

नायिका मलिका महतले म्युजिक भिडियोमा काम गरेपछि चर्चा पाइन् । अधिकांश हिट गीतको फिमेल भर्सनमा मलिकाले काम गरिन् र चर्चा पाइन् । चलचित्र ‘यात्रा’ चलेपछि उनलाई निर्माताले खासै खोजेनन् । तर, म्युजिक भिडियोमा हिट भएपछि भने उनको खोजी तिव्र रुपमा भएको छ ।

मलिकाले भलै, लकडाउनयता कुनै चलचित्र साइन गरेकी छैनन् । तर, उनलाई चलचित्रको अफरको लाइन लागेको छ । मलिकालाई चलचित्र ‘नाई नभन्नु ल ६ र पर्खी बसे २’बाट अफर आएको खबर यस अगाडि सार्वजनिक भैसकेको थियो । यस्तै, उनी र नायक पल शाहलाई लिएर केन्द्र मोशन पिक्चर्सले लभ स्टोरी चलचित्र बनाउन लागेको चर्चा पनि केही समयदेखि चलिरहेको छ ।

उनै, मलिकालाई अर्को एक चलचित्रबाट पनि अफर पुगेको खबर छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने चलचित्र ‘सत्यम्’का लागि मलिकालाई अफर पुगेको वुझिएको छ ।

विज्ञापन

मलिकासँग यसको निर्माणपक्षले केही समय अगाडिदेखि कुरा गरेपनि दुई पक्षविच संझौता भने भएको छैन । श्रोतका अनुसार, मलिका यो चलचित्रका लागि सकारात्मक छिन् । केही दिनमै मलिकासँग संझौता हुन सक्ने वुझिएको छ ।

चलचित्रमा नायक पल शाह र अनुप विक्रम शाहीको पनि मुख्य भूमिका छ । चलचित्रको छायांकन तिहारपछि सुरु गर्ने योजनामा यसका निर्देशक शंकर कार्की छन् ।

मलिकाले ‘यात्रा’ पछि ‘पानी फोटो’मा काम गरेकी छिन् । यसपछि भने उनलाई चलचित्रको अफर आइरहेको छ । मलिकाले अब कुन चलचित्र रोज्ने हुन्, प्रतिक्षा गरौं ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार