होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने
समाचार

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

  • नागरिक रैबार
माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् ।

नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो ।

त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उनले उपचार गराएका थिए । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

विज्ञापन

परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बतायो । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई निवासमै गएर भेटेका थिए ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार