होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • विश्व रेबिज दिवस : कुकुरले टोकेमा तत्काल उपचार गराउन सुझाव
स्वास्थ्य-जीवनशैली

विश्व रेबिज दिवस : कुकुरले टोकेमा तत्काल उपचार गराउन सुझाव

  • नागरिक रैबार
विश्व रेबिज दिवस : कुकुरले टोकेमा तत्काल उपचार गराउन सुझाव

‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलवार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए । उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको बताए । उनले घरपालुवा कुकुरहरूलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने भन्दै प्रवक्ता पौडेलले जनावरले टोकिसकेपछि १०/१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुने बताए ।

निर्देशक डा. पौडेलले भने, ‘विशेष यो रेबिज जंगली जनावर, घर पालुवा, कुकुरको टोकाइबाट हुने गर्छ, हाम्रो तथ्यांकअनुसार गत वर्ष पनि ५० प्रतिशत भन्दा बढी व्यक्तिहरु टेकु अस्पतालमा भर्ना हुनु भएको तथ्यांक छ, धेरै डेथहरु पनि भएको छ, बचाउन मिल्ने डेथ भएको छ, मैले पाएको तथ्यांकअनुसार महिनामा करिव करिव एकदेखि दुई जनाको डेथ भएको छ टेकु अस्पतालमै, देशभरको तथ्यांक छैन,रेबिज वास्तवमा घरपालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ,रेबिजबाट बच्ने भनेको कुकुरको टोकाइपछि बनेको घाउलाई साबुनपानीले १०, १५ मिनेट राम्रोसँग धोएर बेलैमा रेबिज बिरुद्धको खोप लगाएर बचाउन सकिन्छ,तर कतिपय अवस्थामा यो त घरकै कुकुर हो,केही लक्षण छैन, ठीकै छ भनेर खोप लगाउँदैनौँ,त्यसले बचाउन मिल्ने व्यक्तिहरुको पनि दुःखद् निधन भएको छ,त्यसैले सचेत बनौँ, आतंकित होइन ।’

विज्ञापन

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए । उनले देशभरिमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार