होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु
समाचार

भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु

  • नागरिक रैबार
भिरबाट लडेर युवा सङ्घका जिल्ला सदस्यको मृत्यु

भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

 

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो ।

विज्ञापन

उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार