होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीका टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार छौं: माधव नेपाल
राजनीति

ओलीका टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार छौं: माधव नेपाल

  • नागरिक रैबार
ओलीका टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार छौं: माधव नेपाल

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन संविधानको रक्षाका लागि लडिरहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा बोल्दै नेपालले अहिले भइरहेको लडाई व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुद्धको लडाई भएको पनि बताए । उनले आगामी दिनमा भएका त्रुटिहरु मनन गरेर अघि बढ्ने पनि बताए ।

नेता नेपालले समाज र संस्कृतिको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिको ध्यान दिन आग्रह गरे । उनले प्रधानमन्त्री ओलीले नेताहरुको नामै काडेर गरेको टिप्पणी सहि भए जनताको अदालतमा उभिन तयार भएको बताए ।

कार्यक्रममा जसपाका नेता अशोक राईले कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने बताए । उनले विपक्षीहरूको गठबन्धन रहर र लहडले नबनेको भन्दै आवश्यकताले बनेकाले यसलाई टिकाउने बताए । ‘गठबन्धन रहर र लहडले बनेको होइन, आवश्यकताले बनेको हो, त्यसैले यसलाई हामी टिकाउँछौ’ राईको भनाइ छ ।

विज्ञापन

राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले पनि केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध एक भएर लड्ने र गठबन्धन पछिसम्म पनि एक भएरै जाने बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार