होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • लिमीमा आइतबारबाट खाद्यान्न ढुवानी
अर्थ

लिमीमा आइतबारबाट खाद्यान्न ढुवानी

  • नागरिक रैबार
लिमीमा आइतबारबाट खाद्यान्न ढुवानी

काठमाडौँ — हुम्लाको नाम्खा गाउँपालिकामा आइतबारदेखि चीनले दिएको राहतको खाद्यान्न ढुवानी हुने भएको छ । रक्षा मन्त्रालयले आइतबार हेलिकोप्टर पठाउने प्रतिबद्धता जनाएसँगै ढुवानी हुने सम्भावना बढेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । ‘सेनाको हेलिकोप्टर आइतबार सदरमुकाम सिमकोट आइपुग्छ,’ उनले भने, ‘त्यसपछि हिल्साबाट सीधै लिमीमा ढुवानी गर्छौं ।’

गाउँमा खाद्यान्न सकिएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीबाट झन्डै ५ हजार मिटर उचाइको न्याललेकको हिउँ छिचोलेर सदरमुकाम सिमकोट आइरहेका लिमीका बासिन्दा । चार दिन हिँडेर उनीहरू शनिबार सिमकोट आएका थिए । उनीहरूमध्ये दुई जना मंगलबार
सीमानाका हिल्सामा चीनले राहतमा पठाएको ५ क्विन्टल चामल र ४६१.५ क्विन्टल पिठो छ । यही खाद्यान्न पनि अहिलेसम्म ढुवानी हुन सकेको थिएन । हिउँका कारण ढुवानी हुन नसक्दा गाउँपालिकामा खाद्यान्न संकट परिरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि समयमै ढुवानी नगर्दा त्यहाँका जनता थप पीडित बनेका छन् । हुम्लावासीहरू हिउँको कष्टपूर्ण यात्रा गरी सरदमुकाम सिमकोट हुँदै सिंहदरबारसमेत आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले मंगलबार गृहसचिव टेकनारायण पाण्डेसँग भेटेर गुनासो गरेका थिए । पाण्डेले बुधबारदेखि ढुवानी गरिदिने आश्वासन दिएका थिए । तर हेलिकोप्टर र हिल्सामा खाद्यान्न लोड गर्ने कामदार नभएको भन्दै बुधबार ढुवानी भएन ।

विज्ञापन

चामल नपाएपछि तामाङ काठमाडौंमै छन् । हेलिकोप्टर उडेपछि मात्रै गाउँ फर्किने उनको भनाइ छ । ‘आइतबार गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलसँग भेट भयो । उहाँले आइतबारदेखि ढुवानी हुने बताउनुभएको छ,’ अध्यक्ष तामाङले भने, ‘अब काठमाडौंबाट हेलिकोप्टर उडेपछि मात्रै गाउँ फर्किन्छु ।’ ढुवानीमा कमिसनको खेल हुँदा हुम्लाका अधिकांश क्षेत्रमा चामल अभाव भएको छ । ३० जनाको टोली चार दिनसम्म कठ्यांग्रिँदो हिउँ छिचोल्दै सिमकोटसम्म आइपुगेको थियो । सिमकोटबाट भने वडाध्यक्ष तामाङ र सांसद छक्कबहादुर लामा काठमाडौं आएका हुन् । मंगलबार दिउँसो १ बजे सिंहदरबार पुगेका उनीहरूले अर्थमन्त्री र गृहमन्त्रीलाई भेट्न खोजेका थिए ।

मन्त्रीहरूसँग भेट नभएपछि गृहसचिव पाण्डेलाई भेटे । नाम्खाको लिमीमा करिब ११ सय जनसंख्या छ । वडा नम्बर ६ मा साढे ४ सयको बसोबास छ । लोड–अनलोड गर्ने मान्छे नै नभएपछि हिल्साबाट ढुवानी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । आइतबारपछि भने लिमीका जनताले खाद्यान्न पाउने उनको दाबी छ । ‘आइतबार नै हिल्साबाट लोड गरेर लिमी पुर्‍याउँछौं । लिमीमा पुर्‍याएपछि खाद्यान्न वितरण भने वडाध्यक्षकै रोहबरमा हुन्छ, वितरणका लागि वडाध्यक्ष नै चाहिन्छ,’ उनले भने ।

नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर हालसम्म ढुवानी भएको छैन । खाद्य कम्पनीले कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबुल्नेलाई स्वीकृति दिन खोज्दा ठेक्का नै विवादमा परेको छ । खाद्य कम्पनीले हवाईमार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन बोलपत्र आह्वान गरेपछि चार कम्पनीेले आवेदन दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार